बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो
पाेखरा | फागुन ७, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्याे ।
आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे ।
दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रो खेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ३–२ गोल अन्तरल हराउँदै दिव्यज्योती अन्तिम आठमा प्रवेश गर्याे ।
एलसी ब्रदर्श र मेनीमोरबी भएको चौथो खेलपनि निर्धारित समयमा खेल गोलरहित भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले एलसी ब्रदर्श विजयी बन्यो । पाँचौ खेलमा एट टु नाइनले डिफेण्डिङ च्याम्पियन गन्नी एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे ।
छैटौं खेलमा तारा एफसी ‘ए’ ले म्याक्सवेल एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा रामघाटले भिमकाली क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
यस्तै प्रिक्वाटरफाइनलको अन्तिम खेलमा एनटु क्याफे टुंडिखेलले नमस्ते ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार क्वाटरफाइनलका खेल सञ्चालन गरिनेछ भने बुधबार सेमिफाइनल खेल र बिहीबार फाइनल खेल सम्पन्न हुनेछ ।
कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

